कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा
२०८२ माघ ०२ शुक्रवार
- विशेष महाधिवेशन माग गर्नु महाधिवेशनकर्ताहरुको लागि विद्रोह भएपनि महामन्त्रीहरुको लागि जिम्मेवारी भएको पनि उनको भनाई छ ।
काठमाडौं: नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले विघटन भइसकेको केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा कुनैपनि दृष्टिले नीतिगत नभएको बताएका छन् ।
निर्वाचन आयोग पुगेका उनले निर्वाचन आयुक्त अगाडि महामन्त्रीलाई कारबाही गरियो भनिएपनि दुवै जना महामन्त्री पदबाट निस्किसकेको भन्दै नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पारित गरेको कार्यविधि कार्यान्वयन भइसकेपछि विघटित केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा नीतिगत नभएको बताए ।
उनले भने, ‘हामीले विशेष महाधिवेशन आह्वान गर्ने बेला कारबाहीको कुरा नै आएको थिएन् । दोस्रो कुरा, जुन बेला उहाँहरुले कारबाही गरियो भन्नु भयो त्यो बेलासम्म हामी महामन्त्री नै थिएनौ । किनभने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पारित गरेको कार्यविधि अनुसार त्यो कार्यविधि कार्यान्वयन भइसकेपछि केन्द्रीय कार्यसमिति विघटन भइसकेको थियो र विघटित केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा कुनै पनि दृष्टिले नीतिगत हुदैँन् ।’
विशेष महाधिवेशन माग गर्नु महाधिवेशनकर्ताहरुको लागि विद्रोह भएपनि महामन्त्रीहरुको लागि जिम्मेवारी भएको पनि उनको भनाई छ ।
यस्तै, उनले नेपाली काङ्ग्रेसको विधान २०१७ को दफा ३ को उपदफा १२ ले केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने कुरा गरेको र त्यसलाई धारा २७ ले थप स्पष्ट पारेको भन्दै केन्द्रले बोलाउने भन्दै गर्दा १७ (२) बमोजिम केन्द्रले बोलाउन मिल्ने बताए ।
उनले भने, नेपाली काङ्ग्रेसको विधानले केन्द्र भन्दैगर्दा केन्द्रीय कार्यालय भन्छ, केन्द्रीय समिति एउटा हुन्छ र अर्को केन्द्रीय कार्यसमितिको कार्यालय हुन्छ र त्यो केन्द्र भन्दैगर्दा नेपाली काङ्ग्रेसको विधान २०१७ को दफा ३ को उपदफा १२ ले के भन्छ भने केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहन्छ । धारा २७ ले यसलाई थप स्पष्ट गर्छ । त्यसैले केन्द्रले बोलाउने भन्दै गर्दा १७ (२) बमोजिम केन्द्रले बोलाउन मिल्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।