- गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए ।
काठमाडौँ: गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ ।
आज विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो । प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए ।
उनले भने,‘सच्चीएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र निर्माणको लागि सभापति ज्यूको अध्यक्षतामा घोषणा समिति निर्माण गरेको छौं ।’ त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।
उनका अनुसार आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जाँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’