सभापति र महामन्त्रीद्वयबीचको वार्ता सकियो, पद नछोड्ने अडानमा देउवा

२०८२ पुष ३० गते बुधवार
सारांश
  • देउवा निवास महाराजगन्जमा भएको वार्ता सकारात्मक नभएको बुझिएको छ । वार्तामा देउवा सभापतिबाट अहिले नै राजीनामा दिन तयार नभएको बताइएको छ । देउवाले राजीनामा नदिने र भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन बारे चासो नै नदेखाएको स्रोतले बतायो ।

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीचको निर्णायक भनिएको वार्ता सकिएको छ । 

 

देउवा निवास महाराजगन्जमा भएको वार्ता सकारात्मक नभएको बुझिएको छ । वार्तामा देउवा सभापतिबाट अहिले नै राजीनामा दिन तयार नभएको बताइएको छ । देउवाले राजीनामा नदिने र भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन बारे चासो नै नदेखाएको स्रोतले बतायो ।

 

काँग्रेस नेता रमेश लेखकले सभापति देउवाले टिकट बाड्ने पत्रमा हस्ताक्षर गर्नबाट पछि हट्न लचक भएको बताएका छन् । तर यस अघि राष्ट्रिय सभाको टिकट दिदा र प्रतिनिधिसभाको समानुपातिक सूचीमा देउवाकै हस्ताक्षर भएकाले अब प्रतिनिधिसभाको टिकट वितरणमा गर्ने हस्ताक्षरले मात्र के अर्थ राख्छ भन्दै महामन्त्रीद्वय सहमत नभएको बुझिएको छ । करिब एक घण्टाको छलफलबाट निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय देउवा निवासबाट बाहिरिएका छन् ।

 

यसअघि मंगलबार भएका वार्ता र छलफलमा अन्य विषयमा संस्थापन पक्ष लचक भएपनि सभापति देउवाले नेतृत्व छोड्नु पर्न विषयमा सहमत नभएपछि कुरा मिलेको थिएन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार