काँग्रेसको विभाजनपछि अब के हुन्छ ?

२०८२ पुष ३० गते बुधवार
सारांश
  • कारवाही गरेपछि संस्थापन पक्षले निर्वाचन आयोग पुगेर काँग्रेसको विशेष महाधिवेशन आयोजना नभएको र दुई महामन्त्री र सहमहामन्त्रीलाई कारवाही गरेको जानकारी दिएको छ ।

काठमाडौँ: नेपाली काँग्रेस अन्तत: विभाजन भएको छ । संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारवाही गर्दै पाँच बर्षका लागि पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।

 

कारवाही गरेपछि संस्थापन पक्षले निर्वाचन आयोग पुगेर काँग्रेसको विशेष महाधिवेशन आयोजना नभएको र दुई महामन्त्री र सहमहामन्त्रीलाई कारवाही गरेको जानकारी दिएको छ ।

 

अर्कोतर्फ विशेष महाधिवेशन पक्षले बन्दसत्रको हलबाट सानेपा कार्यालयबाट गरिएको कारवाही खारेज गरेको छ । बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले आफुहरुले विधान अनुसारनै विशेष महाधिवेशनमा रहेकाले आधिकारिक काँग्रेस आफुहरु नै भएको, पार्टीको झन्डा र चुनाव चिन्ह रुख आफुहरुसँगै हुने दाबि गरे ।

 

उनले विशेष महाधिवेशनको जानकारी आफुहरुले निर्वाचन आयोगलाई यसअघि नै गराइसकेको र उपस्थित प्रतिनिधिहरुको हस्ताक्षरको विवरण समेत आयोगमा बुझाएको बताए । विशेष अधिवेशन पक्षले आजै गगन थापालाई सभापति घोषणा गर्ने र सबै केन्द्रीय नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी गरेको छ ।

 

अब काँग्रेसमा को अधिकारिक भन्ने विषय निर्वाचन आयोग र अदालतको हातमा पुग्ने छ । विशेष महाधिवेशन पक्षले नेतृत्व चयन गरेपछि आयोगमा औपचारिक जानकारी दिएपछि आयोगले यस बारेमा निर्णय लिने छ । आयोगले पार्टीको विधान, राजनीतिक दल सम्बन्धि ऐन अनुसार निर्णय लिएपनि माघ ६ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय भएकाले तत्काल निर्णय लिनुपर्ने दबाबमा आयोग हुने देखिएको छ । आयोगको निर्णयलाई अदालतमा चुनौती दिन सकिने भएकाले अदालतमा हुने ढिलाईले कहाँसम्म असर हुन्छ त्यसको आँकल अहिले गर्न कठिन छ । संस्थापन पक्ष आयोग गइसकेको अवस्थामा विशेष महाधिवेशन पक्षले पनि नयाँ नेतृत्व चयन गरेर आजै निर्वाचन आयोगमा जाने सम्भावना देखिएको छ । 

 

काँग्रेसको यस विभाजनले फागुन २१ को निर्वाचन के हुन्छ भन्ने प्रश्न उठेको छ । काँग्रेस विभाजन भएपछि एक पक्षले आधिकारिकता पाउने र अर्को पक्ष निर्वाचनबाट विमुख हुनुपर्ने अवस्था उत्पन्न हुने छ । निर्वाचनको मिति घोषणा भएपछि आयोगले नयाँ दल दर्ता गर्ने समय समेत सकिएकाले अब नयाँ दल दर्ता गरेर फागुन २१ को चुनावमा भाग लिने अवस्था रहेको छैन । त्यसैले पनि काँग्रेसको विभाजनले थप जटिलता बढाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार