काँग्रेसमा सहमतिको अन्तिम प्रयास, विशेष महाधिवेशन पक्षले पठायो यी प्रस्ताव

२०८२ पुष ३० गते बुधवार
सारांश
  • विशेष महाधिवेशन पक्षले उम्मेदवारी दर्ता गरेर नयाँ कार्यसमिति घोषणा गर्ने अन्तिम समयमा पुगेको अवस्थामा संस्थापन पक्षसँग अन्तिम पदक आफ्ना शर्तहरु पठाएको छ ।

काठमाडौं : नेपाली कांग्रेसमा सहमतिको अन्तिम प्रयास जारी रहेको छ ।

 

विशेष महाधिवेशन पक्षले उम्मेदवारी दर्ता गरेर नयाँ कार्यसमिति घोषणा गर्ने अन्तिम समयमा पुगेको अवस्थामा संस्थापन पक्षसँग अन्तिम पदक आफ्ना शर्तहरु पठाएको छ ।

 

विशेष महाधिवेशन पक्षले पठाएका प्रस्तावमा सभापति शेरबहादुर देउवा पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा जाने, निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने,  विशेष महाधिवेशन पक्षधरलाई समेटेर संसदीय बोर्ड गठन गर्नुपर्ने, उम्मेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने लगायत रहेका छन् ।

 

स्रोतका अनुसार विशेष महाधिवेशन पक्षधरले पठाएका प्रस्तावमा कार्यवाहक सभापति पूर्णबहादुर खडकले पार्टी कार्यालयमा छलफल गरिरहेका छन् ।

 

यी प्रस्तावमा संस्थापना पक्षले सकारात्मक रुपमा नलिएमा विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्वको घोषणा गर्न तयारी अवस्थामा रहेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार