काँग्रेस बिशेष अधिवेशन: बन्दसत्र शुरु, निर्वाचन समिति गठन
२०८२ पुष २९ गते मङ्गलवार
- संस्थापन पक्षसँग वार्ताको पहल भइरहेका बेला भृकुटीमण्डपमा बन्दसत्र शुरु भएको हो । बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् ।
काठमाडौँ : नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको मंगलबारको बन्द सत्र शुरु भएको छ ।
संस्थापन पक्षसँग वार्ताको पहल भइरहेका बेला भृकुटीमण्डपमा बन्दसत्र शुरु भएको हो । बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् ।
यसैबीच बन्दसत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्व गठन गरिएको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।
विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधिमा उल्लेख भए अनुसार निर्वाचनसम्बन्धी कार्यविधि तय गरी निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन गरिएको आयोजकले जानकारी दिएका छन् ।
यसबीच आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक दिउसो १ बजेका लागि सारिएको छ ।
विशेष महाधिवेशनमा आज समुहगत छलफलका निष्कर्ष सुनाएर दुवै महामन्त्रीहरुले पेश गरेका प्रतिवेदन पारित गर्ने र त्यसपछि नेतृत्व चयनको प्रक्रियामा अगाडी बढ्ने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।