नेपाली कांग्रेसको राष्ट्रियताको धार धुमिल भएको छ: लोकेश ढकाल
२०८२ पुष २८ गते सोमवार
- गगन थापालाई पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता नमान्ने मुख्य व्यक्तिका रूपमा उल्लेख गर्दै यो कार्यलाई दुर्भाग्यपूर्ण बताएका छन् ।
काठमाडौं, २८ पुस: नेपाली कांग्रेसका नेता लोकेश ढकालले मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको दाबी गर्नुभएको छ। ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एक प्रेस नोट जारी गर्दै ढकालले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको जग खनिरहेको गम्भीर आरोप लगाउनुभएको हो।
नेता ढकालले विशेषगरी महामन्त्री गगन थापालाई 'पार्टी विभाजनका मुख्य मतियार' को संज्ञा दिँदै, राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई स्वीकार नगर्ने तत्वहरूले नियोजित रूपमा पार्टी फुटाउन खोजेको बताउनुभयो। भृकुटीमण्डपमा भइरहेका गतिविधिहरूलाई उहाँले 'कांग्रेस विभाजनको साइत' र 'मलामी जाने प्रक्रिया' सँग तुलना गर्नुभएको छ।
प्रेस नोटमा ढकालले नेपाली कांग्रेस आफ्नो मूल सिद्धान्त ‘राष्ट्रियता’ बाट विचलित भएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, "नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्मान नगर्नु र संविधानको प्रस्तावनामा उहाँको योगदान उल्लेख नगर्नु नेपाली राजनीतिकै ठूलो भूल र बेइमानी थियो। कांग्रेसले यस ऐतिहासिक गल्तीलाई सच्याउनुपर्छ।"
उनले तत्कालीन समयमा कांग्रेसकै नेतृत्वमा रहेका सरकारहरूले पृथ्वी जयन्तीको बिदा कटौती गरेको र राष्ट्र निर्मातालाई अपमान गरेको घटनालाई 'खेदजनक' भन्नुभएको छ।
नेता ढकालले अब नेपाली कांग्रेसले आफ्नो नीतिमा पुनरावलोकन गर्नुपर्ने समय आएको बताउँदै राजसंस्थाको पुनर्वहाली र हिन्दू राष्ट्रको एजेण्डा अघि सार्नुभएको छ। "बीपी कोइरालाले स्थापना गरेको पार्टीले धर्मनिरपेक्षता र गणतन्त्र अंगालेकै कारण संकट आएको हो," ढकालले भन्नुभएको छ, "अब कांग्रेस राजसंस्थाको पुनर्वहाली र बौद्ध, बोन, किराँतसहितको सनातन हिन्दू राष्ट्रको पक्षमा उभिनुपर्छ।"
ढकालले पार्टी संस्थापन पक्ष (देउवा समूह) को पनि विगतमा कडा आलोचना गर्दै आएको स्मरण गराउँदै अहिलेको परिस्थितिमा विदेशी शक्ति र पैसाको आडमा कांग्रेसलाई विभाजित गर्न खोज्नेहरू देशका लागि घातक भएको बताउनुभएको छ। उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा जारी गरेको सन्देशको सारलाई आत्मसात गर्दै सबै राजनीतिक शक्तिहरूबीच नयाँ सहमति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।
विभाजित कांग्रेसले देशको राजनीतिक संकट समाधान गर्न नसक्ने उल्लेख गर्दै ढकालले सम्भावित विभाजन रोकेर राष्ट्र बचाउने भूमिका खेल्न आम कांग्रेस कार्यकर्तालाई आह्वान समेत गर्नुभएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।