- काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको थियो भने आज बन्द सत्रको कार्यतालिका तय गरिएको छ ।
काठमाडौँ: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र केहीबेरमा शुरु हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको थियो भने आज बन्द सत्रको कार्यतालिका तय गरिएको छ ।
महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुनेछ। आजको बन्द सत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गर्ने तालिका रहेको छ । त्यसपछि ९ समूह निर्माण गरी चार विषयमाथि नीति मन्थन हुनेछ ।
चार विषयमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयमाथि बृहत् छलफल हुने कार्यतालिका तय गरिएको छ । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पनि बृहत् छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने बताइएको छ ।
त्यस्तै नयाँ नेतृत्व चयन गर्ने अवस्था बनेमा निर्वाचनको तयारी भने गरिएको छैन । नयाँ नेतृत्व चयन गर्ने निर्णय हलले गरेमा निर्वाचन समिति गठन गर्ने र प्रक्रिया अगाडी बढाइने आयोजकले बताएका छन् । तर मतदानबाट भन्दा पनि सर्वसम्मत नेतृत्व चयन हुने भन्दै मतदानको तयारी नगरिएको आयोजकले बताएका छन् ।
महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ८ बजेदेखि नै शुरु भएको छ भने ११ बजेसम्म दर्ता जारी रहनेछ । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रदेश अनुसार अलग अलग ठाउमा महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने प्रबन्ध मिलाइएको छ । आइतबार २६६२ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमा सहभागी हुन आफ्नो नाम दर्ता गरेका थिए । कांग्रेसका ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’