चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई लिएर विशेष महाधिवेशन स्थल पुगे महामन्त्री शर्मा
२०८२ पुष २५ गते शुक्रवार
- शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा काँग्रेस नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्मासँग पुगेका महामन्त्री शर्माले विशेष महाधिवेशनको बन्द सत्रले कार्यविधि बनाएपछि के के हुन्छ भन्ने स्पष्ट हुने बताएका छन् ।
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सबै सहभागी हुने दाबि गरेका छन् ।
शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा काँग्रेस नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्मासँग पुगेका महामन्त्री शर्माले विशेष महाधिवेशनको बन्द सत्रले कार्यविधि बनाएपछि के के हुन्छ भन्ने स्पष्ट हुने बताएका छन् । उनले काँग्रेसका सबै नेताहरु सहभागी हुने दाबि गर्दै कसैकाप्रति टिप्पणी नगर्ने बताए । महामन्त्री शर्माले हस्ताक्षर गरेका भन्दा साढे ४ सय भन्दा बढीको सहभागीता हुने बताएका छन् ।
नेता चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्मा काँग्रेसको वर्तमान र भविष्य दुवै भएको बताउदै आफ्नो समर्थन रहेको बताएका छन् । त्यस्तै डा. शर्माले विशेष महाधिवेशनप्रति आफ्नो समर्थन रहेको बताउदै काँग्रेस अब बदलिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’