नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार

२०८२ पुष २५ गते शुक्रवार
सारांश
  • अवैधानिक ढंगबाट बोलाइएको यस्तो महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने जिल्ला समितिको ठहर छ ।

रौतहट: नेपाली कांग्रेस रौतहट जिल्ला समितिले विधानविपरीत आह्वान गरिएको भनिएको ‘विशेष महाधिवेशन’ लाई अस्वीकार गर्ने निर्णय गरेको छ ।


पार्टीको विधानअनुसार १५ औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला अवैधानिक ढंगबाट बोलाइएको यस्तो महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने जिल्ला समितिको ठहर छ । जिल्ला सभापति सुनिल कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएको र आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरिएको छ ।

 

यस्तो संवेदनशील समयमा नियमित प्रक्रियालाई अवरोध पुग्ने गरी चालिने कदमले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने भन्दै रौतहट कांग्रेसले चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा पार्टीको विधानअनुसार १५औँ नियमित महाधिवेशनको मिति २०८३ वैशाख २८ देखि ३१ गतेसम्मका लागि तय भइसकेको जानकारी दिँदै सोही प्रक्रियामा केन्द्रित हुन आग्रह गरिएको छ ।

 

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीको एकता, अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै रौतहट कांग्रेसले अवैधानिक गतिविधिमा सहभागी नहुन समेत सचेत गराएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार