काँग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

२०८२ पुष २५ गते शुक्रवार
सारांश
  • पुष २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै तयारी तिब्र भएपछि संस्थापन पक्षले यसलाई रोक्ने प्रयास गरिरहेको छ ।

काठमाडौं: विशेष महाधिवेशन बारे विवाद बढिरहेका बेला नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

 

पुष २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै तयारी तिब्र भएपछि संस्थापन पक्षले यसलाई रोक्ने प्रयास गरिरहेको छ ।

 

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ ।

 

विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्ला सभापतिहरु खुल्न लागेपछि संस्थापन पक्ष दबाबमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार