- उनले राजीनामामा केहि साता अघि मधेश प्रदेशमा भाषणको क्रममा प्रचण्डले भनेको भाइरल सायरीलाई उल्लेख गरेका छन् ।
जनकपुरदाम : साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी छोडेका छन् । अन्सारीले बिहीबार पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले राजीनामामा केहि साता अघि मधेश प्रदेशमा भाषणको क्रममा प्रचण्डले भनेको भाइरल सायरीलाई उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले भनेका छन्-
'सागर के तूफान को भी हमने बस में किया है पहाड़ों के चट्टान का पथ मोड़ दिया है होगा न कोई हिटलर, कोई नवाब हम सर्वहारा की आवाज : इन्कलाब, इन्कलाब, इन्कलाब' यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम: तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिन । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु ।
अन्सारी गत निर्वाचनमा मधेश प्रदेश सभामा पर्सा १ को क बाट तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’