राष्ट्रिय सभाका लागि कांग्रेसको भागमा ९ जना: शेखरको ३ र देउबाको ६ उमेद्वार
२०८२ पुष २३ गते बुधवार
- काँग्रेसले ९ उम्मेदवार छानेको हो । तालमेल अनुसार एमालेलाई ८ र जसपा नेपाललाई एक सिट दिइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन गरेको छ ।
कांग्रेसले यस अघि एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच चुनावी तालमेल हुने भनेपनि अब एमाले र जसपा नेपालसँग मात्र तालमेल हुने बताइएको छ । नेपाली कम्युनिष्ट पार्टीले सबै १८ सिटमा उम्मेदार चयन गर्ने बताएका बेला काँग्रेसले ९ उम्मेदवार छानेको हो । तालमेल अनुसार एमालेलाई ८ र जसपा नेपाललाई एक सिट दिइएको छ ।
काँग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे (जंगली) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।
शेखर पक्षले मधेशबाट रञ्जित कर्ण, लुम्बिनीबाट बासुदेव जंगली बागमतीबाट गीता देवकोटा उम्मेदवार अघि सारेको छ। यी बाहेक कांग्रेसले अघि सारेको उम्मेदवार सबै सभापति शेरबहादुर देउवानिकट हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।