कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

२०८२ पुष २३ गते बुधवार
सारांश
  • नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

काठमाण्डौ, २३ पुष । नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

 

बैठक आज बिहान ९ बजे बस्ने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

यसअघि मंगलबार बसेको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने निर्णय गरेको थियो ।

 

आज १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेकाले आजको बैठकले दलहरुसँग सहमति भएको क्लस्टर अनुसार उम्मेदवार चयन गर्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार