काँग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधरको नाराबाजी
२०८२ पुष २२ गते मङ्गलवार
- विशेष महाधिवेशनका पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भएर नाराबाजी शुरु गरेका छन् ।
विशेष महाधिवेशनको तयारी भइरहेको अवस्थामा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनको निर्णय गर्न दबाब दिएका हुन् । पार्टी कार्यालयमा नेता विमलेन्द्र निधीसँग कार्यकर्ताको विवाद भएको थियो । निधि विशेष महाधिवेशनको विपक्षमा रहेका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी भएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि पार्टी नेतृत्वले विधानको व्यवस्थालाई बेवास्था गरेको भन्दै बहुसंख्यक नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।
विशेष महाधिवेशनका पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशन पक्षधरलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ रहेको छ ।
यसअघि पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नभएपछि संस्थापन पक्षले बहुमतले निर्णय गर्दै नियमित महाधिवेशनलाई वैशाखका लागि सारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।