काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • उनले बैठक आजै फेरी बस्ने र राष्ट्रिय सभाका उम्मेदवारको घोषणा गर्ने बताए ।

काठमाडौँ: नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहि बेर बसेर स्थगित भएको छ ।

 

काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले बैठक केहीबेरका लागि स्थगित भएको जानकारी दिदै काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने जानकारी दिएका छन् । उनले बैठक आजै फेरी बस्ने र राष्ट्रिय सभाका उम्मेदवारको घोषणा गर्ने बताए ।    

 

राष्ट्रिय सभाको १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा काँग्रेस, एमाले, नेकपा र जसपा नेपालले चुनावी तालमेल गर्ने सहमति बनेको छ । जस अनुसार काँग्रेसले ८ सिट दाबि गरेको बताइएको छ । तर कलस्टर अनुसार कुन प्रदेशमा कसलाई दिने भन्ने टुंगाउन बाँकी रहेको बुझिएको छ । यसका लागि दलहरु अहिले छलफलमा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार