‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’

२०८२ पुष २१ सोमवार
सारांश
  • निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने बताउँदै उनले त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्ने धारणा राखे ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।


सोमबार काठमाडौंमा आयोजित रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरे ।


उनले भने, ‘हामीले विभिन्न आरोपहरु खेपेका छौं । कतिपयले पपुलिष्टहरु मिले । यिनीहरुमा राजनीतिक परिपक्कता छैन भनेको पनि सुन्नु परेको छ । हामीलाई गाली गर्दा खुसी मिल्छ भने गर्नुहोस् । हामी त्यो गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गरेर छोड्ने छौं ।’


त्यस्तै उनले पुराना राजनीतिक दलहरुलाई निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिन आग्रह गर्दै चलखेल र हात लम्काउने काम नगर्न सुझाए । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने बताउँदै उनले त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्ने धारणा राखे ।


‘निर्वाचनमा मुलुकलाई सहज रुपमा जान दिनुहोस् । चलखेल नगर्नुहोस् । हात लम्काउने चम्काउने नगर्नुहोस् । निर्वाचन मार्फत जनताले आफ्नो अभिमत जाहेर गर्ने छन् । त्यो अभिमत मार्फत नयाँ इतिहास कोर्नु छ । त्यो इतिहासमा सक्नुहुन्छ भने योगदान दिनुहोस् । सक्नुहुन्न भने बिथोल्ने काम नगर्नुहोस्’ उनले भने ।


त्यस्तै, सभापति लामिछानेले पुराना राजनीतिक दलहरुले आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको बताए । पुराना दलले कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याएको उनको भनाई छ ।


उनले भने, ‘पुराना राजनीतिक दलहरुले यता कता आएका परिवर्तनहरु स्वीकार गर्न अप्ठ्यारो मानिरहेको देखेको छु । उहाँहरुलाई म वितम्रतापूर्वक भन्न चाहान्छु । स्वीकार्नु होस् । आफ्नो असक्षमतालाई स्वीकार्नुहोस् । तपाईहरुले पछिल्लो समय कुशासनको चपेटामा पारेर मुलुकलाई आज यो अवस्थामा पुर्याउनुभयो । अब थप जोडबल नगर्नुहोस् ।’


उनले विभेदरहित समाज निर्माण गर्ने कुरामा रास्वपा प्रतिबद्ध रहेको विश्वास दिलाए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार