एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

२०८२ पुष २० आइतवार
सारांश
  • क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए ।

दाङ: प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा (एमाले) दाङ क्षेत्र नम्बर–२ ले पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ ।

 

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए ।

 

दाङ क्षेत्र नम्बर–२ महासचिव पोखरेलको गृह क्षेत्रसमेत पर्दछ । पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार