यस्ता छन् राप्रपा र राप्रपा नेपाल एकीकरणका ६ बुँदा

२०८२ पुष १६ बुधवार
सारांश
  • चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए ।

काठमाडौँ: राप्रपा र राप्रपा नेपालबीच ६ बुँदामा हस्ताक्षर गर्दै एकता भएको छ ।

 

बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजित एकता घोषणा समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेर एकतालाई औपचारिकता दिएका हुन् । पार्टी एकतापछि पार्टीको नाम राप्रपा र चुनाव चिन्ह हलो नै रहनेछ ।

 

अध्यक्ष लिङदेन र थापाले गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीच एकिकरण सम्बन्धि आधार पत्र

देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालका बीचमा एकीकरण गर्ने निर्णय गरेका छौं । 

 

पार्टी एकताको आधार देहाय बमोजिम हुनेछः

१- राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शन अन्तर्गत सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरण पश्चातको मार्ग दर्शन हुनेछ ।

 

२- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित बिधान पार्टीको बिधान हुनेछ । एकीकरण पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह (हलो) र झण्डा नै कायम हुनेछ ।

 

३- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन पार्टीको केन्द्रीय अध्यक्ष हुनु हुनेछ ।

 

४- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रिय कार्य समितिका सदस्यहरु एकिकृत पार्टीमा तात्कालिन महाधिवेशन हुंदा कायम रहेको पदमा रहने छन् । सहमतिको आधारमा एकिकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरु केन्द्रीय कार्यसमितिमा रहने छन् ।

 

५- सहमतिको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसीरमा सम्पन्न महाधिबेशन हुदाका बखत कायम रहेका वडा, गांउ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाइ ततः तत जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिनेछ ।

 

६- राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्बन्धित भातृसंगठनहरुमा सम्मानजनक ढंगबाट समायोजन गरिने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार