युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
२०८२ पुष १५ मङ्गलवार
- ११ औं राष्ट्रिय महाधिवेशनबाट जस्तो सुकै चुनौती आउँदा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा प्राप्त गरेको पनि उनको भनाई छ ।
काठमाडौं: नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताईन् ।
मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरुले युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको बताईन् ।
उनले भनिन्, ‘युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ । युवाहरुलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ ।’
उनले प्रतिनिधि चयनदेखि नेतृत्व छनोटमा ४० वर्षमुनिको समुहका युवाहरुको सहभागिता सुनिश्चिित गरिएको पनि बताईन् । ११ औं राष्ट्रिय महाधिवेशनबाट जस्तो सुकै चुनौती आउँदा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा प्राप्त गरेको पनि उनको भनाई छ ।
उनले भनिन्, ‘नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मेरो लागि धेरै कुराहरुमा पहिलो अनुभव थियो । महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागि हुनु मेरो पहिलो अनुभव थियो । जस्तो सुकै चुनौती आईपर्दा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा पनि मैले महाधिवेशनबाट सिकेको छु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।