गगन थापाको प्रष्टोक्ति- अर्जुननरसिंह केसीलाई समानुपातिकमा राख्ने निर्णय मेरो चाहना विपरित

२०८२ पुष १५ मङ्गलवार
सारांश
  • सामाजिक सञ्जाल र मिडियामा महामन्त्री थापाले ससुरालाई समानुपातिकमा राखेको भन्ने प्रचार भएपछि त्यसको खण्डन गर्दै उनले यो आफ्नो प्रयासविपरितको निर्णय भएको बताएका हुन् ।

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नेता तथा आफ्ना ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिकमा राख्ने निर्णय आफ्नो चाहना विपरित भएको स्पष्ट गरेका छन् ।

 

सामाजिक सञ्जाल र मिडियामा महामन्त्री थापाले ससुरालाई समानुपातिकमा राखेको भन्ने प्रचार भएपछि त्यसको खण्डन गर्दै उनले यो आफ्नो प्रयासविपरितको निर्णय भएको बताएका हुन् । उनले भनेका छन्- 'नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरित हो । मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो ।'

 

महामन्त्री थापाले आफु र केसीको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू भएको, जो कहिले मिल्ने र कहिले बाझिने गरेको उल्लेख गर्दै कुनै बेला राजनीतिक दृष्टिकोण र प्राथमिकता नमिल्दा एक अर्कासँग पार्टीको महामन्त्री पदमा चुनाव लडेको उल्लेख गरेका छन् ।

 

उनले यसपटक पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा आफुहरुबीच मत भिन्नता रहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार