- आयोगले सोमबार दिउसो ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ ।
काठमाडौँ: नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित गरेको छ ।
उपमहासचिव लेखराज भट्टले आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको समानुपातिक उम्मेदवारको सूची सुझावसहित पारित गरिएको जानकारी दिएका छन् ।
सोमबार पेश गर्नुपर्ने समानुपातिक सूची तयार अध्यक्ष ओलीले बैठकमा पेश गरेको र त्यसमा सचिवालय सदस्यहरुबाट आएका सुझावलाई समेटदै पारित गरिएको उनले बताए । भट्टले सोमबार समानुपातिक सुची दर्ता गर्ने निर्णय भएको उनले बताए ।
आयोगले सोमबार दिउसो ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ ।
भट्टले बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै उनीहरुको सहमति आपसी लेनदेनमा भएकोले कति समय टिक्छ त्यो हेर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’