गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म

२०८२ पुष १२ शनिवार
सारांश
  • आन्दोलनमा क्षति पुगेका ४६५ प्रहरी कार्यालय मर्मत गरी सेवा सुचारु गरिएको छ ।

काठमाडौं: भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक परिस्थितिमा गृह मन्त्रालयको नेतृत्व सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यभार सम्हालेको १०० दिन पूरा भएको छ । 

 

यस अवधिमा गृह मन्त्रालयले जेनजी आन्दोलन व्यवस्थापन, राहत, शान्ति–सुरक्षा, सुशासन, निर्वाचन तयारी र सेवा प्रवाह सुधारमा उल्लेखनीय काम गरेको छ ।

 

जेनजी आन्दोलनः राहत र सम्मानमा सरकारको पहल
जेनजी आन्दोलनमा ज्यान गुमाएका ४२ जना सुशासन योद्धा र ३ अमर प्रहरीलाई सहिद घोषणा गरी मृतकका परिवारलाई प्रति परिवार १५ लाख रुपैयाँ राहत वितरण गरिएको छ । आन्दोलनमा घाइते भएका ७३७ जनालाई घाइते परिचयपत्र प्रदान गरिएको छ भने घाइतेलाई तत्काल राहत, भइपरी खर्च तथा मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ । सरकारले प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय गरेको छ भने जेनजी सहिदहरूको सालिक संसद भवन अगाडि स्थापना गर्ने प्रस्ताव अघि बढाइएको छ ।

 

शान्ति–सुरक्षा र निर्वाचन तयारी
गृहमन्त्री अर्यालको १०० दिनको कार्यकालमा शान्ति–सुरक्षा सामान्यीकरण गर्दै द्वन्द्व दोहोरिन नदिने वातावरण निर्माण गरिएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ लागू गरिएको छ ।
आन्दोलनका क्रममा लुटिएका ७६५ हतियार बरामद, फरार ९,९६० कैदीबन्दी पक्राउ तथा घटनासँग सम्बन्धित ९१२ जनालाई पक्राउ र ४३५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आन्दोलनमा क्षति पुगेका ४६५ प्रहरी कार्यालय मर्मत गरी सेवा सुचारु गरिएको छ ।

 

कानून संशोधन र सुशासन
यस अवधिमा नागरिकता ऐन, निर्वाचन ऐन, मतदाता नामावली ऐन, विशेष सेवा ऐन लगायतका महत्वपूर्ण कानूनी सुधार अघि बढाइएका छन्। समानुपातिक निर्वाचन प्रणालीलाई जनसंख्यामा आधारित बनाउँदै समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

 

यस्तै, गृह मन्त्रालयले सेवा प्रवाहलाई डिजिटल र नागरिकमैत्री बनाउनेतर्फ कदम चालेको छ । राष्ट्रिय परिचयपत्र प्रणाली, भिसा प्रक्रिया सरलीकरण, मीटरब्याज पीडितको समस्या समाधान, युवामैत्री नागरिक सहायता कक्ष स्थापना, तथा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । गृहमन्त्री अर्यालको १०० दिनको कार्यकाललाई राज्यप्रति नागरिकको विश्वास पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार