काँग्रेसमा फेरी चर्किदै विशेष महाधिवेशनको माग

२०८२ पुष ११ शुक्रवार
सारांश
  • संस्थापन पक्षले आनाकानी गरेपछि सो समयमा महाधिवेशन नहुने संकेत देखिएको छ ।

काठमाडौँ: नेपाली काँग्रेसमा विशेष महाधिवेशनको माग फेरी उठेको छ । 

 

शुक्रबार विशेष महाधिवेशनका पक्षधरहरुले नियमित १५औं महाधिवेशनको कार्यतालिका अविश्वसनीय रहेको भन्दै कार्यवाहक सभापतिलाई ज्ञापनपत्र पेश गर्दै विशेष महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

 

सो अवसरमा बोल्दै महामन्त्री थापाले विधान भन्दा माथि कोहि नभएको भन्दै अब विशेष महाधिवेशन बारे केन्द्रीय समितिको बैठकले निर्णय लिने बताएका छन् । उनले पुस मसान्तसम्मको कार्यतालिका आउदा विशेष महाधिवेशन पक्षधरले स्वीकार गरेको उल्लेख गर्दै अब १५औं महाधिवेशन नहुने अवस्था बनेकोमा पुस मसान्तसम्म विशेष महाधिवेश्ना सम्पन्न गर्नुपर्ने बाध्यकारी अवस्था रहेको बताएका छन् ।

 

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार नै विशेष महाधिवेशनको माग सम्बोधन हुनुपर्ने बताउदै आफुहरुले कार्यसम्पादन समितिमा यस विषयमा कुरा राख्ने र कार्यसम्पादन समितिले आवश्यक निर्णय लिने बताएका छन् ।

 

कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेपनि त्यसको तयारीका लागि संस्थापन पक्षले आनाकानी गरेपछि सो समयमा महाधिवेशन नहुने संकेत देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार