परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

२०८२ पुष ११ शुक्रवार
सारांश
  • सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए ।

काठमाडौँ: नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

शर्माले आजै शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिष १५ सदस्यीय बनेको छ । 

 

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए ।

 

तत्कालिन मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार