मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की

२०८२ पुष १० विहिवार
सारांश
  • ‘एउटा यो गर भन्नुहुन्छ अर्कोले अर्को भन्नुहुन्छ । हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौं,’ उनको भनाइ थियो ।

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन् । बाह्खरी कथा लेखन प्रतियोगिता २०८२ को विजेता घोषणा कार्यक्रममा बोल्दै उनले दल र जेनजीहरुकोबीचमा सरकार परेको भन्दै वर्तमान अन्तरिम सरकार अचानो जस्तो भएको बताइन् ।

 

प्रधानमन्त्री कार्कीले ३० जना जेनजीहरुमा एउटा यो गर भन्ने अर्कोले अर्को भन्ने गरेको भन्दै कतै मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन्। ‘हामी त अहिले अचानो जस्तो पो भएछौं । राजनीति दलले पनि अहिले छाढ, भोली छाड भनेर गाली गर्छन् । जेनजीले पनि आजै छाड भोलि छाड वा पर्सी छाड भन्छन् । छाडौं भने के छाडौं । फेरी छाडेको भोलिपल्ट थुक्क पालो त दिएको थिए त तिमीहरुलाई, औकात त छाडेर हिड्ने न रहेछ, के गरेर हिड्यौ भन्ने होलान । पेण्डुलम जस्तो भयौं तर धैर्य भएर काम गरिरहेको छौं,’उनले भनिन्,‘निर्वाचन किन चाहियो भन्ने युवाको कुरा आएको छ, त्यो त संसारको नियम कानुन नै रहेछ । वैधानिकता र अवैधानिकताको कुराहरु रहेछन । यसरी नै यही सरकार चलिरह्यो भने तानासाह हुन्छ, कतै जाँदा सुख नहुने कथा हाम्रो छ ।’

 

सो अवसरमा उनले सरकारकै कथा लेख्न कथा लेखन प्रतियोगितामा सहभागी ३० जनालाई अनुरोध गरिन् । ‘एउटा यो गर भन्नुहुन्छ अर्कोले अर्को भन्नुहुन्छ । हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौं,’ उनको भनाइ थियो ।

 

प्रधानमन्त्री कार्कीले फेरी देशमा मारकाट भयो भने देश झन खतरामा जाने बताउँदै संसदमा छानिएर आउने सांसदहरु इमान्दार भएर मुलुकलाई हाँक्ने खालको हुनुपर्ने धाणा राखिन् । मुलुकलाई माया गर्ने युवा शक्ति देशको नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार