निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने
२०८२ पुष १० विहिवार
- मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन् ।
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार प्रयोग गर्दै सरोकारवालाबाट सुझाव संकलन गर्न मस्यौदा सार्वजनिक गरेको जनाएको छ ।
मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन् । नयाँ आचारसंहिता लागू भएसँगै यसअघि कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता–२०७९ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।
आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले निर्वाचनमा नीतिगत प्रतिस्पर्धा र मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने आयोगको विश्वास छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’