- आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा बालेन र लामिछानेबीच वान टू वान भेटवार्ता जारी रहेको हो ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आज पनि भेटवार्ता भएको छ ।
आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा बालेन र लामिछानेबीच वान टू वान भेटवार्ता जारी रहेको हो ।
यसअघि सोमबार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको निवासमा भेटेका बालेन र लामिछानेले विकल्पिक शक्ति निर्माण गर्ने विषयमा छलफल गरिरहेका छन् ।
सोमबारको भेटपछि बालेन र लामिछानेबीच केहि असमझदारी बढेको विषय बाहिर आएका बेला यो भेट भइरहेको छ । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने मिडियामा आएपछि लामिछानेले खण्डन गर्दै त्यहाँसम्म छलफल नपुगेको बताएका थिए ।
बालेनले राजनीतिक सक्रियता बढाएर विभिन्न दलका नेता र अभियन्ताहरुसँग भेटघाट गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’