जनमतको पार्टी कार्यलयमा सरकारी टोलीको अनुगमन र छलफल

२०८२ पुष ०९ बुधवार
सारांश
  • बुधबार उद्योग, पर्यटन र कानुनमन्त्री अनिलकुमार सिंह, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले मध्यबानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर अनुगमन र छलफल गरेका हुन् ।

काठमाडौँ : मन्त्रीहरुसहितको सरकारी टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ । 

 

बुधबार उद्योग, पर्यटन र कानुनमन्त्री अनिलकुमार सिंह, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले मध्यबानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर अनुगमन र छलफल गरेका हुन् ।

 

छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउतले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताएका थिए ।

 

यसअघि सरकारी टोलीले मंगलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग छलफल गरेको थियो । सरकारी टोली आजै राप्रपा र रास्वपाको कार्यालयमा पनि जाने कार्यक्रम रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार