सार्वजनिक नीति समितिको बैठक आज, अध्यागमन कानुन केन्द्रमा

२०८२ पुष ०९ बुधवार
सारांश
  • अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौं: संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ ।

 

समितिको आज बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ ।

 

समितिको बैठक बुधबार बिहान ११ः१५ बजे संघीय संसद सचिवालयस्थित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठ घर नं. ४) मा बस्नेछ ।

 

छलफलमा संविधान सभा सदस्य खिमलाल देवकोटालाई आमन्त्रित गरिएको छ । समितिले अध्ययन प्रतिवेदनका निष्कर्षका आधारमा आवश्यक सुधारका विषयमा सुझाव तयार गर्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार