प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सांसदको रिटको पेसी संबैधानिक इजलासमा
२०८२ पुष ०९ बुधवार
- काँग्रेसका ६५ सांसदले यसअघि कांग्रेसका तर्फबाट श्याम घिमिरेसमेतले दायर गरेको रिट निवेदनमा सरिक हुन माग गर्दै बुधबार निवेदन पेश गरेका थिए ।
काठमाडौँ : प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै काँगेसका सांसदहरुले पेश गरेको रिटको आज संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
काँग्रेसका ६५ सांसदले यसअघि कांग्रेसका तर्फबाट श्याम घिमिरेसमेतले दायर गरेको रिट निवेदनमा सरिक हुन माग गर्दै बुधबार निवेदन पेश गरेका थिए ।
सो रिट आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संबैधानिक इजलासमा पेसी तोकिएको हो ।
आजको संवैधानिक इजलासले साथै राख्ने आदेश गरेपछि उनीहरूको निवेदन पनि एकै ठाउँमा राखेर सुनुवाइ हुने बताइएको छ ।
यसअघि मंसिर २३ गते पेस भएको रिटमा घिमिरे, सुशीला थिङ, दीपक खड्का, जाबेदा खातुन, सीता राना, नागिना यादव, शान्ति विक र आशा विक थिए । सो रिटमा सर्वोच्चको संबैधानिक इजलासले पुस २ मा कारण देखाउ आदेश दिएको थियो । सर्वोच्चले यस रिटमा लगाबमा राख्न आदेश दिदै प्रतिनिधिसभा विघटनविरुद्धको सबै रिटलाई एकैपटक सुनुवाइ गर्ने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।