झलनाथकी धर्मपत्नी रविलक्ष्मीले भनिन् : हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो
२०८२ पुष ०८ मङ्गलवार
- जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् ।
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार स्वदेश फर्किएकी छन् ।
जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् ।
सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइवहिनीहरुले अवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारवाही गर्नुपर्ने माग गरेकी छन् ।
उनले भनिन्, ‘भाइवहिनीहरुको अवोधपनको मकुन्डो ओडेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ । मैंले किताबमा पढेको थिए–हिटलरको ग्याँस चेम्बर, त्यसमा म आफै परें । अहिले यस्तो गति भयो मेरो । मलाई बचाउनको लागि जसले जति प्रयास गर्नु भएको छ उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’
भदौ २४ गते बिहान खनाल दम्पत्ती बसोबास गर्ने काठमाडौं डल्लु निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।