भयरहित वातावरणमा तोकिएको मितिमा निर्वाचन हुने कुरामा शंका छ: डा. शेखर कोइराला
२०८२ पुष ०८ मङ्गलवार
- देशको अस्थिर परिस्थितिका कारण भोलि के हुन्छ भन्ने सुनिश्चितता नरहेकाले सबै पक्ष गम्भीर हुनुपर्ने उनको निष्कर्ष थियो।
काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान अवस्थामा निष्पक्ष निर्वाचन हुने कुरामा गम्भीर आशंका व्यक्त गरेका छन्। साथै उनले पार्टीको आन्तरिक महाधिवेशन केही समय लम्बिन सक्ने संकेत पनि गरेका छन्।
सन्त नेता कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद र देशको फितलो सुरक्षा व्यवस्थाका कारण तोकिएको मितिमा चुनाव हुनेमा आफू विश्वस्त नरहेको बताएका छन्।
डा. कोइरालाले देशभरि सिरियल नम्बर नै नभएका नयाँ क्रियाशील सदस्यहरू बाँडिएकाले नेतृत्व चयनमा धाँधली हुने जोखिम बढेको भन्दै उनले यस्तो अवस्थामा अधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन्। आफूले समयमै यसबारे जानकारी पाएकाले केही सावधानी अपनाएको उल्लेख गर्दै उनले प्रक्रियागत त्रुटी नसच्चिएसम्म अधिवेशनले सही नेतृत्व दिन नसक्ने तर्क गरेका छन्।
निर्वाचनको प्रसंगमा बोल्दै डा. कोइरालाले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको कुनै माहोल नदेखिएको दाबी गरेका छन्। हालै मोरङ र विराटनगरको भ्रमणका क्रममा जनतामा निर्वाचनको उत्साह नपाइएको र राजनीतिक दलहरू निर्वाचनभन्दा बढी आन्तरिक अधिवेशनमा केन्द्रित भएको उनको भनाइ थियो।
उनले देशको सुरक्षा अवस्था अत्यन्तै नाजुक रहेको ५ हजार कैदीहरू फरार रहेको र प्रहरीका ७ देखि ८ सय थान हतियार अझै फेला नपरेको स्थितिमा भयरहित वातावरणमा चुनाव हुन नसक्ने ठोकुवा गरेका छन्। 'सार्प सुटर' हरू खुला हिँडिरहेको र प्रहरीको मनोबल खस्किएको अवस्थामा सरकारले केवल चुनाव गराउँछु भनेर 'फलाकेर' मात्र नहुने उनले बताए।
डा. कोइरालाले सरकारले सेनालाई तीन महिनादेखि 'अलर्ट' राखेर बुथमै सेना परिचालन गर्न खोजेको हो कि भन्ने प्रश्न समेत गरे। वि.सं. २०३७ सालको जनसंग्रहको समयमा देखिएको सैनिक छायाँको स्मरण गर्दै उनले यदि धाँधलीपूर्ण तरिकाले चुनाव गराउन खोजिए नेपाली कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए। "हामी चुनावको पक्षमा छौं, तर धाँधली गरेर कसैले जित्ने सपना नदेखे हुन्छ, त्यसलाई रोक्न हामी मर्न पनि तयार छौं," कोइरालाले भने। शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी र हतियार बरामद नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने उनको स्पष्ट अडान थियो।
काठमाडौंमा पछिल्लो समय विभिन्न राजनीतिक 'खिचडी' पाकिरहेको चर्चा गर्दै डा. कोइरालाले मन्त्रिमण्डल पुनर्गठन वा प्रधानन्यायाधीशको कार्यकाल लम्ब्याउने जस्ता चर्चाले संवैधानिक अन्योल थपेको बताए। पुषको दोस्रो साता बितिसक्दा पनि निर्वाचनको तयारीका लागि राज्यले ठोस कदम चाल्न नसक्नु दुःखद भएको उनको टिप्पणी थियो। नेपाली कांग्रेस निर्वाचनमा जान तयार भए पनि त्यसका लागि राज्यले पहिले उपयुक्त र सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
डा. कोइरालाले पार्टीका केही सांसदहरूले अदालतमा रिट दिएको विषय उनीहरूको व्यक्तिगत स्वतन्त्रता भएको भन्दै यसमा पार्टीलाई जोड्न नहुने समेत प्रष्ट परेका छन्। देशको अस्थिर परिस्थितिका कारण भोलि के हुन्छ भन्ने सुनिश्चितता नरहेकाले सबै पक्ष गम्भीर हुनुपर्ने उनको निष्कर्ष थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।