- सात दलीय गठबन्धनले जनता समाजवादी पार्टीका रामअशिष यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले त्रिलोकी प्रसाद चौधरीलाई उम्मेदवार बनाएको हो ।
जनकपुरधाम, ६ पुष । मधेश प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ ।
सात दलीय गठबन्धनले जनता समाजवादी पार्टीका रामअशिष यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले त्रिलोकी प्रसाद चौधरीलाई उम्मेदवार बनाएको हो ।
जसपा नेपालका उम्मेदवार रामअशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक फकिरा महतो छन् । यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी एमालेका त्रिलोकी चौधरीको प्रस्तावकमा एमालेकी सांसद शारदा देवी थापा र समर्थकमा जय चन्द्र प्रसाद पटेल छन् । एमालेका यादव बारा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद हुन् ।
मधेश प्रदेशसभाले प्रदेशसभा कार्य सञ्चालन नियमावली ७ बमोजिम निर्वाचन कार्यक्रम अन्तर्गत सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दिने समयावधिमा क्रमशः रामअशिष यादव र त्रिलोकी यादवको उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ । यसअघि मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई आचरणविरुद्धको कार्य गरेको आरोपमा संसद्को दुई तिहाइबाट पदमुक्त गरिएको थियो ।
मधेश प्रदेशसभाको आज दिउसो १ बजे बस्ने बैठकमा सभामुख पदको मतदान हुने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’