रास्वपाको केन्द्रीय समितिको बैठकमा के के भयो ?

२०८२ पुष ०६ आइतवार
सारांश
  • उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध समेत गरेका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बसेको छ । 
 

प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा कार्यवाहक सभापति डिपी अर्यालले पार्टीलाई संगठित र अनुशासित रुपमा सम्हालेकोमा उनको नेतृत्व क्षमाताको प्रशंसा गर्दै उनीप्रति कृतज्ञता व्यक्त गरिएको थियो । 
 

बैठकमा सभापति लामिछानेले पार्टीका विभिन्न तहमा तप्कामा रही आफ्नो जिम्मेवारी पूरा गरेका सबैप्रति आभार व्यक्त गरेका थिए ।  बैठकमा उनले भने- 'हामी अहिले उत्साहित हुन सक्छौं, तर उत्सव मनाउने बेला होइन । अझै धेरै सङ्घर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ ।'
 

उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध समेत गरेका थिए ।  
 

बैठकमा लामिछानेले भावुक भएर एउटा प्रसङ्गको चर्चा गरेका थिए । एकपटक पार्टी कार्यवाहक सभापति डीपी अर्याल उनलाई भेट्न नख्खु कारागार पुगेको समयमा अर्यालले सभापति रवि लामिछानेलाई भनेका थिए- 'पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईं बाहिर जानुस्, त्यस्तो गर्न पाए म तयार छु ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार