सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

२०८२ पुष ०५ शनिवार
सारांश
  • उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे ।

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् ।

 

हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे ।

 

सभालाई सम्बोधन गर्दै उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्ध चितवनबासीले यहीँबाट आवाज उठ्दै आएको छ । यो गुन तपाईंहरूले मलाई मात्रै होइन, देशकै लागि लगाउनुभएको हो । म यही गुनको संवाहक बनेर देशलाई तिर्नेछु ।’

 

आफूमाथि भएको अन्यायको प्रसंग उठाउँदै लामिछानेले व्यक्तिगत पीडाभन्दा देश र पुस्तालाई दिइएको पीडा ठूलो भएको बताए । ‘मलाई डस्ने सर्प मरे कि मरेनन् थाहा भएन, तर उनीहरूले दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन । सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनुपर्छ,’ उनले भने ।

 

उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताको संघर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए।
लामिछानेले चितवनको चौबीसकोटी ऐतिहासिक स्थल भएको उल्लेख गर्दै यहाँबाट देशका लागि न्यायको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

 

‘म एउटा चुनाव जित्नका लागि राजनीतिमा आएको होइन । एउटा पुस्ताको भविष्यका लागि आएको हुँ । त्याग गर्नुपर्ने भए पहिलो सूचीमा मेरो नाम हुन्छ । तर यदि कुरा केवल एउटा चुनावको मात्र हो भने, म त्यसका लागि तयार छैन,’ उनले भने । सभामा सहभागी समर्थकहरूले लामिछानेप्रति समर्थन जनाउँदै उनको भनाइलाई स्वागत गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार