जेनजी आन्दोलनमा संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भयो : महासचिव पोखरेल
२०८२ पुष ०३ विहीवार
- बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि उनले सपथ लिएका हुन् ।
काठमाडौं: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि उनले सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा बोल्दै महासचिव पोखरेलले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको बताए । लाखौँ जनताको सहभागितासहित अत्यन्त उत्साहपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्न सफल भएको उनको भनाइ थियो । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्र आज विधिवत् रूपमा समापन गरिएको उनले जानकारी दिए ।
महासचिव पोखरेलले पार्टीको संगठनात्मक परम्पराबारे उल्लेख गर्दै दशौँ राष्ट्रिय महाधिवेशनदेखि नीति र विधि निर्माणका लागि विधान महाधिवेशन र नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन गर्ने अभ्यास सुरु गरिएको स्मरण गराए ।
उनले भने, ‘एमालेको ११ औँ महाधिवेशन हामीले भव्यताका साथ सम्पन्न गरेका छौं । लाखौं लाख जनताको सहभागितामा अत्यन्त उत्साहपूर्ण वातावरणमा ऐतिहासिक रुपमा सम्पन्न गर्न सफल भयौं । ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हामीले काठमाडौंको यही भृकृटिमण्डपमा आरम्भ गरेर आज विधिवत रुपमा समापन गरेका छौं । हामीले हाम्रो पार्टीको परम्परामा दशौं राष्ट्रिय महाधिवेशनको समयदेखि नीति र विधि निर्माण गर्नका लागि विधान महाधिवेशन नेतृत्व निर्वाचित गर्नका लागि राष्ट्रिय महाधिवेशनको परम्परा आरम्भ गरेका थियौं।’
उनले पछिल्लो समय देशमा देखिएका घटनाप्रति पनि ध्यानाकर्षण गराए । गत भदौ २३ र २४ गते संविधान, लोकतन्त्र र राष्ट्रिय अस्मितामाथि नकारात्मक प्रभाव पार्ने खालका घटनाहरू भएको उल्लेख गर्दै उनले केही भ्रष्टाचारविरोधी, लोकतन्त्रविरोधी र गणतन्त्रविरोधी तत्वहरूले युवाहरूको भावना दुरुपयोग गरी मुलुकलाई हिंसात्मक बाटोतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए ।
उनले भने, ‘गत भदौ २३ र २४ गते नेपालमा नेपालको संविधान, लोकतन्त्र राष्ट्रको अस्मिता माथि नै नकारात्मक प्रभाव पार्ने घटनाहरु घट्न पुगे । हाम्रा नवयुवाहरुको भावनामा खेलेर भ्रष्टविरोधी तत्वहरु, लोकतन्त्र विरोधी तत्वहरु, गणतन्त्र विरोधी तत्वहरुले मुलुकलाई हिंसात्मक बाटोतर्फ अग्रसर बनाउने काम गरे ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’