अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गरेको छ : शंकर पोखरेल
२०८२ पुष ०३ विहीवार
- स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले ओलीको विजयी स्वभाविक भएको बताए ।
काठमाडौं: नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सफल भएकाले सबैले विगतका कुराहरु विर्सेर एकढिक्क भएर अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले ओलीको विजयी स्वभाविक भएको बताए ।
उनले भने,‘अधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गरेका छौं । हिजो कहाँ थियो भन्ने विर्सेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । राष्ट्रका सामू उत्पन्न भएका चुनौतिहरुलाई सामना गर्न र पार्टीलाई निर्णायक शक्तिका रुपमा स्थापित गराउने कार्यभार आएको छ ।’ उनले मुलुकका चुनौतिहरुलाई चिरेर लोकतान्त्रिक दिशामा अगाडि बढ्ने म्यान्डेट आफूहरुले प्राप्त गरेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’