सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक: मन्त्री भण्डारी

२०८२ पुष ०३ विहीवार
सारांश
  • व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नुपर्ने बताए ।

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न आवश्यक रहेको बताएका छन् ।


विहीबार काठमाडौंमा आयोजित २५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आप्रवासनको व्यवस्थापन तथा पुनःएकीकरणका विषयमा अन्तरक्रिया कार्यक्रममा उनले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नुपर्ने बताए ।


उनले भने, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरहरुको खोजी गर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई जोड्नेगरि बजारको माग र अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको नियमित प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्न सकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सकिन्छ ।’


यस्तै, उनले वैदेशिक रोजगारमा जाने भन्दैमा नागरिकहरु अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा पठाउन नहुने भन्दै विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व भएको बताए ।


उनले भने, ‘अहिले बढ्दै गएको वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई पूर्ण रुपमा रोक्न पनि नसक्ने र रोक्न पनि नहुने अवस्था रहेको छ । तर हामीले हाम्रो नागरिकलाई न्यून मूल्य र पारिश्रमिकमा अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा काममा पठाउन कदापी हुँदैन् । विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व हो ।’


पुँजीका लागि र श्रम बेच्नको लागि विदेशिनु पर्ने अवस्था एकदमै दुखद रहेको पनि उनको भनाई छ । कार्यक्रममा आइएलओ नेपालका कन्ट्र डाइरेक्टर, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवम सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार