एमाले महाधिवेशन: मतदानमा ढिलाई, केन्द्रभित्र प्रवेश गर्ने समय थपियो

२०८२ पुष ०२ बुधवार
सारांश
  • यसअघि आयोगले मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्मका लागि तोकेको थियो ।

काठमाडौँ: नेकपा एमालेको नयाँ नेतृत्व चयनको मतदान लम्बिने भएको छ ।

 

केन्द्रीय  निर्वाचन आयोगले मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ३ घण्टा थप गरेर ८ बजेसम्म पुर्याएको छ । यसअघि आयोगले मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्मका लागि तोकेको थियो ।

 

बुधबार बिहान ९ बजेर २० मिनेट जादा शुरु भएको मतदानमा एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा लागेको बताइएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा २ हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् । मतदानको गति सुस्त भएकाले यो मतदान रातभर चल्न सक्ने देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार