एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेदेखि हुने

२०८२ पुष ०१ मङ्गलवार
सारांश
  • एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला आजको मतदान स्थगित गरिएको छ ।

काठमाडौँ: नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । विद्युतीय मतदान मेशीनमा समस्या देखिएपछि मतदान भोली बिहान ८ बजेदेखि हुने भएको हो । 

 

एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला आजको मतदान स्थगित गरिएको छ ।

 

आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

 

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८  घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार