कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन

२०८२ मङ्सिर २९ सोमवार
सारांश
  • त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

काठमाडौं: सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन गरेको छ । सोमबार सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

 

उनले भने,‘विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको छ । संम्वाद समितिमा कानून कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा संयोजक हुनुहुन्छ । सदस्यमा सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल हुनुहुन्छ ।’

 

त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार