ओलीले फेरी भने- सुशिला कार्की सरकार असंबैधानिक हो

२०८२ मङ्सिर २५ विहीवार
सारांश
  • विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक रहेकाले जेनजी समुहसँग भएको सम्झौता बारे टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् ।

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक भएको दोहोराएका छन् । 

 

विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक रहेकाले जेनजी समुहसँग भएको सम्झौता बारे टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्  ।

 

कार्की नेतृत्वको सरकारलाई राष्ट्रपतिले फागुन २१ गते निर्वाचन गर्न कार्यादेश दिएको सम्झाउदै ओलीले आफ्नो कार्यादेश भन्दा बाहिर चलखेल नगर्न चेतावनी समेत दिएका थिए ।

 

ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् । देउवासँग भएको भेटको आलोचना भएको भन्दै देउवा क्षमता भएरनै देशको पटक पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले भने- प्रमुख पार्टीका नेताहरु भेट हुदा देशको बारेमा कुरा हुनु, समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक नै हो । अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोली देखिन्छ । त्यो प्रकट हुन टाइम लाग्छ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार