बर्दिया घटनाबारे प्रधानमन्त्री कार्कीले मागिन् माफी

२०८२ मङ्सिर २० शनिवार
सारांश
  • उनले उक्त घटनाको छानबीन गर्न गृह मन्त्रीलाई निर्देशन पनि दिएकी छिन्।

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल-४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुसमेत नरहेको घटनाले मर्माहत बनाएको बताएकी छिन्।

 

उनीहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानीको विषय भएको उनले बताइन्। उनले उक्त घटनाको छानबीन गर्न गृह मन्त्रीलाई निर्देशन पनि दिएकी छिन्।

 

उनले भनेकी छिन्, 'न्यायिक वा प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा म माफी चाहन्छु र यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु।

नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य होइन। न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार