सुदूरपश्चिममा पर्यटनको प्रमुख बाधा हवाई कनेक्टिभिटी हो: बस्नेत
२०८२ मङ्सिर १९ शुक्रवार
- धनगढीमा आयोजित उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम र कर्णाली दुबै प्रदेशमा दुर्गम भौगोलिक अवस्थाका कारण हवाई कनेक्सन न्यून भएको उल्लेख गर्दै प्रदेशगत दुर्गम हवाई सेवा लागू गर्न आवश्यक रहेको धारणा राखे ।
धनगढी: गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हवाई सेवाको कमजोरी पर्यटन विकासका लागि मुख्य चुनौती बनेको बताएका छन् ।
धनगढीमा आयोजित उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम र कर्णाली दुबै प्रदेशमा दुर्गम भौगोलिक अवस्थाका कारण हवाई कनेक्सन न्यून भएको उल्लेख गर्दै प्रदेशगत दुर्गम हवाई सेवा लागू गर्न आवश्यक रहेको धारणा राखे ।
‘सुदूरपश्चिममा पर्यटनको लागि सबैभन्दा ठूलो तगारो यातायातको र दुर्गम क्षेत्र हुनाले हवाई कनेक्शन कम हुनु हो । हवाई कनेक्शन सुदूरपश्चिममा मात्रै होइन कर्णाली प्रदेशमा पनि त्यति नै ठूलो समस्या छ । त्यसकारण यो दुईवटै प्रदेशको सन्र्दभमा हामीले प्रादेशिक दुर्गम सेवा हवाई सेवा लागू गर्नुपर्छ भनेर पहल गरिरहेका पनि छौं । नेपाल एयरलाइन्सका चारवटा जहाज थन्किएर बसेका छन्, ती जहाजलाई परिचालन गरेर दुर्गम प्रदेशमा नियमित सेवा विस्तार गर्न सकिन्छ,’ बस्नेतले भने ।
उनले राजनीतिक परिवर्तनका सन्दर्भमा नेपालमा इतिहासकै विभिन्न चरणमा शासन प्रणालीले जनअपेक्षा पूरा गर्न नसक्दा आन्दोलनका माध्यमबाट पद्धति परिवर्तन हुने गरेको बताए । भदौ २३ र २४ गतेको आन्दोलन पनि त्यही असन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै उनले सेवा भावनासहित एजेण्डा आधारित राजनीति अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘नेपालको इतिहासको विभिन्न कालखण्डमा जब शाषकिय पद्धतिको जनताको अपेक्षा अनुसार काम गरेर त्यो पद्धति परिवर्तन भएको छ । त्यो प्रस्थानविन्दु जति–जति नयाँ मान्छे आउँछ त्यति नै नयाँ विरोध गरेका नेतृत्वले शासन पद्धति सञ्चालन गर्छन् । त्यहि किसिमको पेसागत राजनीति हुन्छ । त्यसकारण गत भदौंको २३,२४ को आन्दोलन पनि त्यही कारण भएको हो । अब त्यसलाई सुधार्न हामीले के गर्ने भन्दाखेरि अब सेवाको भावनाले हामीले एजेण्डावेश कार्यक्रमहरु अगाडि बढ्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।