प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी अमरसुरियाबीच टेलिफोन कुराकानी
२०८२ मङ्सिर १७ बुधवार
- पालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेकी थिइन् ।
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेकी थिइन् ।
नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भनिन्- 'हामी कहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।'
जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्- 'छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ। त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरुसँगै छौँ ।'
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन् । दुवै देशका प्रधामन्त्रीबीच बुधबार साँझ सवा ८ बजे करिब ४ मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।