प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
२०८२ मङ्सिर १३ शनिवार
- जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले धर्म अनुसार कुनै समुदायलाई अपहेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने उनले बताए ।
जनकपुर : केही दिन अघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा दिएको टिप्पणीले मुस्लिम समुदयहरु आक्रोसित भएका छन् ।
जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले धर्म अनुसार कुनै समुदायलाई अपहेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री कार्कीले इस्लामिक कानून विपरित दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अपहेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनले माफी माग्नुपर्ने उस्मानको भनाई थियो ।
प्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहीन, अपमानजनक र सामाजिक सद्भाव विपरीत होच्याउने खालको अभिव्यक्ति दिनु गलत रहेकाले तत्काल सार्वजनिक माफी माग्नुपर्ने नभए मुस्लिम समुदाय संघर्षमा जाने चेतावनी समेत उनले दिए ।
उनले भने,‘प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्ति मुस्लिम महिलालाई जलाउने र गाड्ने लगायतका इस्लामिक कानून आउनु अघिको थियो । तर इस्लामिक कानून आएपछि त्यो अवस्था परिवर्तन भइसकेको छ । जहाँसम्म शिक्षाको कुरा अहिले सबै देशले स्वतन्त्रता दिइसकेको छ । यसमा तथ्यहिन अभिव्यक्ति दिनु गलत हो।’
उनले इस्लाममा महिलालाई पढाई लेखाई गर्न कुनै बन्देज नलगाएको प्रष्ट पारे । सम्भव भएसम्म केटा र केटीलाई छुट्टै बसाएर पढाउन भनिएको छ तर सम्भव नभएको अवस्थामा एकै ठाउँमा पनि बसाएर पढाउन सकिने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।