देउवा अग्रसर भएपछि सहमति उन्मुख काँग्रेसको महाधिवेशन विवाद
२०८२ मङ्सिर १३ शनिवार
- शुक्रबार पदाधिकारी र पुर्व पदाधिकारीको अनौपचारिक छलफल गरेका देउवाले नियमित महाधिवेशन नै गर्नुपर्ने स्पष्ट सन्देश नेताहरुलाई दिएका छन् । सभापति देउवाले विशेष महाधिवेशन नगर्ने स्पष्ट गर्दै पुस मसान्त भित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव अगाडी बढाएका छन् ।
काठमाडौँ : नेपाली काँग्रेसमा देखिएको महाधिवेशनको विवाद मिलाउन सभापति शेरबहादुर देउवा अघि सरेका छन् ।
शुक्रबार पदाधिकारी र पुर्व पदाधिकारीको अनौपचारिक छलफल गरेका देउवाले नियमित महाधिवेशन नै गर्नुपर्ने स्पष्ट सन्देश नेताहरुलाई दिएका छन् । सभापति देउवाले विशेष महाधिवेशन नगर्ने स्पष्ट गर्दै पुस मसान्त भित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव अगाडी बढाएका छन् ।
शुक्रबारको बैठकपछि काँग्रेस उपसभापति धनराज गुरुङले नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्ने भन्दै सबै नेताहरुले आआफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले भने- 'सभापतिज्युको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ । नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्छ। सबै नेता साथीहरुले आआफ्नो तर्फबाट सकरात्मक भुमिका निर्वाह गरौं ।'
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन गर्न समय कम भएकाले विशेष महाधिवेशनमै जोड दिएका थिए । तर सभापति देउवाले विशेष महाधिवेशन नगर्ने स्पष्ट गर्दै पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने बताएका छन् । साथै बैठकमा देउवाले चुनाव अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका नेताहरुलाई हप्काएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । देउवाले महाधिवेशन बारे विवाद गरेर यति धेरै समय खेर फालेको भन्दै हप्काएका थिए । उनले आफु पार्टीको नेतृत्व छोड्न तयार भएको भन्दै अब महाधिवेशन बारे बखेडा नगर्न भनेका थिए । सभापति देउवाले शनिबार बैठक गरेर पुस मसान्त भित्र महाधिवेशन गर्ने सहमति गर्ने बैठकमा बताएका थिए ।
कांग्रेसमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतका नेताहरु फागुन २१ को निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका छन् । उनीहरुकै अडानका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिले सम्म अनिर्णित रहेको छ ।
सम्भवत काँग्रेसले महाधिवेशन बारे आज अनौपचारिक सहमति गरेर आइतबारको केन्द्रीय समितिको बैठकबाट औपचारिक रुपमा महाधिवेशनको मिति तोक्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।