उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने
२०८२ मङ्सिर १२ शुक्रवार
- शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो ।
काठमाडौं : उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने जानकारी गराएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो ।
सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र (२०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ, जसमा पार्टीको सैद्वान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ ।
उज्यालो नेपाल पार्टी नेपालको संविधानका उपलब्धिहरूलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा, प्रभावकारी सेवा प्रवाह लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न दर्ता भएको उनीहरुको भनाई छ ।
कार्यक्रममा वृहत जनसहभागीता रहनेअपेक्षा राखिएको छ र सुरक्षा, सवारी तथा भीड व्यवस्थापनका तयारीहरू लगभग अन्तिम चरणमा पुगेका छन् भने कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको मन्त्री कुलमान घिसिङ रहने छन् ।
उज्यालो नेपाल बनाउने अभियान सिंगो नेपालीको साझा अभियान भएको भन्दै हालैको जेनजी आन्दोलनलाई पनि संस्थागत नगरे देशले थप आन्दोलनको भार थेग्न नसक्ने पनि पार्टीको भनाई छ ।
यसै सन्दर्भमा नेपालको संविधानको उपलब्धिहरूलाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता अक्षुण्ण राखी परिवर्तित सन्दर्भ सहितको जनअपेक्षा र चाहनालाई पूरा गर्ने संकल्प गर्दै, लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र सेवाप्रवाह मार्फत सामाजिक आर्थिक रुपान्तरण गर्न उज्यालो नेपाल पार्टी हालसालै दर्ता भएको हो । ।
उज्यालो नेपाल पार्टीको मूल नारा, ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ रहेकोछ, जसले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।