हाम्रो ध्यान एमाले तिर छ:प्रचण्ड

२०८२ मङ्सिर १२ शुक्रवार
सारांश
  • धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले  आफुहरुको ध्यान एमालेतर्फ पनि भएको भन्दै एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका हुन् ।

धनगढी : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् ।

 

धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले  आफुहरुको ध्यान एमालेतर्फ पनि भएको भन्दै एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका हुन् । 

 

आफुहरुले पार्टीको नाम राख्दा पनि धेरै बिचार गरेर बनाएको भन्दै अब यसमा पुच्छर झुण्डाउन आवश्यक नरहेको बताए । प्रचण्डले भने-  हाम्रो ध्यान एमाले तिर पनि त्यतिकै छ । एमालेभित्रका सबै देशभक्त सबै बामपन्थी क्रान्तिकारीहरु यहि नेपाली कम्युनिष्ट पार्टी भित्र एकताबद्ध हुनुपर्छ भन्ने ठानेका छौं ।'

 

प्रचण्डले एमाले भित्र रहेका सबै क्रान्त्रिकारीहरुलाई गम्भीर रुपमा विचार गरेर एकैठाउमा ध्रुविकृत हुन आव्हान गरेका छन् ।

 

प्रचण्डले जेनजी आन्दोलनमा युवाहरुले उठाएका मुद्धाहरु आफुहरुले उठाउदै आएका मुद्धा भएको दाबी गर्दै आफुहरुले तत्काल जेनजीको आन्दोलनको समर्थन गरेको बताए । प्रचण्डले जेनजी युवाहरुले नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो अभिभावक ठानेको दाबि गरे । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार